ट्रम्पका मुख्य सहयोगी माेडोजलाई पनि कोरोना संक्रमण

Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको सूचीमा माेडोजको नाम पनि रहेको छ । उनीनिकट स्रोतहरूले पनि उनी संक्रमित भएको पुष्टि गरेका छन् ।

उनीसहित अरू पनि धेरै उच्च सरकारी अधिकारी कोरोना भाइरसबाट संक्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका र संक्रमित भएकाहरूको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको छ । ट्रम्पका मुख्य सहयोगी नै संक्रमित भए पनि पूर्णविवरण भने दिएको छैन । मुख्य सहयोगी माेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए । त्यति वेला उनले मास्कसमेत प्रयोग गरेका  थिएनन् । त्यसैले उनीबाट धेरैजना प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ । उनी मतगणना स्थलहरूमा पनि मास्कबिना जाने गरेकोले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरूले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प संक्रमित हुँदा पनि उनलाई सबैभन्दा बढी सहयोग गर्नेमा माेडोज नै थिए । ट्रम्पले कोरोना भाइरसलाई सामान्यीकरण गर्दै आएका छन् ।

अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । अहिलेसम्म ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *