अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएको बताएका छन्।

उनले अगाडि भने, ‘तपाईंहरूले मप्रति विश्वास गर्नुभयो। यसलाई म विनम्रतापूर्वक स्वीकार गर्छु। म सबैलाई साथमा लिएर अघि बढ्छु। म अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन दिन्नँ। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म सबैसँग मिलेर काम गर्छु। म यस मुलुकको मेरुदण्डलाई फेरि उठाउँछु।