अमेरिकाको चुनावी खर्च नेपालको वार्षिक बजेटभन्दा बढी

Spread the love

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय, सिनेट र प्रतिनिधिसभाको निर्वाचन इतिहासकै महंगो साबित भएको छ। यो चुनावमा १४ अर्ब डलर खर्च भएको छ। जुन नेपालको वार्षिक बजेटभन्दा ठूलो रकम हो।

नेपालमा आर्थिक वर्ष २०७७/७८ मा १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो। तर, अमेरिकी निर्वाचनमा खर्च गरिएको रकम साढे १६ खर्ब रुपैयाँभन्दा बढी हुन आउँछ।

सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका अनुसार अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा मात्र ६.६ अर्ब डलर र संसदीय निर्वाचनमा ७.२ अर्ब डलर खर्च भएको छ।

यो रकम अघिल्ला दुई चुनावको खर्चको योगभन्दा पनि बढी हो।

चुनाव जितेका जो बाइडेनले अक्टोबर १४ सम्म मात्रै ९३ करोड डलरभन्दा बढी रकम उठाएका थिए। डोनाल्ड ट्रम्पले भने झण्डै ६० करोड डलर उठाएका थिए।

यसरी उम्मेदवारहरुले संकलन गरेको रकमको सबैभन्दा ठूलो हिस्सा टेलिभिजन नेटवर्क र सामाजिक सञ्जालनमा विज्ञापन गर्न खर्चिइएको थियो। त्यस्तै चुनावी  रयालीमा पनि ठूलो रकम खर्च भएको छ। एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *