आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित

Spread the love

निगरानी न्युज।

इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले आर्सनललाई परजित गरेको छ । गएराती सम्पन्न खेलमा भिल्लाले आर्सनलमाथि ३-० गोल अन्तरको जित निकालेको छ ।

भिल्लाको जितमा ओली वाटकिन्सले दुई गोल गरे भने आर्सनलका बुकाया साकाले एक गोल आत्मघाती गरेका थिए । आर्सनलको घरेलु मैदानमा यो लगातार दोस्रो हार हो । यस अघि लेस्टरविरुद्धको खेलमा आर्सनल १-० ले पराजित भएको थियो ।

साथै यस सिजनको प्रिमियर लिगमा आर्सनलको यो चौथो हार हो । यो हारसँगै आर्सनलको ८ खेलमा १२ अंक रहेको छ भने लिगको ११औ स्थानमा झरेको छ । त्यस्तै एस्टन भिल्लाले भने यस सिजनमा पाँचौ जित निकाल्दै लिगमा छैठौ स्थानमा उक्लिएको छ । भिल्लाको ८ खेलमा १५ अंक भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *