मन्त्रिपरिषद् निर्णय : मन्त्रीहरुको आधा तलब कोभिड कोषमा जाने

Spread the love

सरकारले मन्त्रीहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

‘अब मन्त्रीहरुको यो वर्षभरको आधा तलब कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक मन्त्रीले नेपालखबरसँग भने।

ती मन्त्रीका अनुसार सरकारले कोभिड संक्रमितको उपचार निशुल्क, छुट र सहज गर्नेबारे बिभिन्न ब्यवस्था गरेको छ।

‘संक्रमितको उपचार गर्नेबारे अस्पतालको विषयमा, सहज र छुट दिने विषयलगायत बिभिन्न व्यवस्थाबारे निर्णय भएको छ, त्यो विस्तृत र अलि प्रष्टताका साथ सरकारले सार्वजनिक गर्छ,’ ती मन्त्रीले भने।

सोहि बैठकले कोभिडको खोप आयात गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेको एक समिति गठन गरी त्यसका लागि आवश्यक प्रक्रिया थाल्ने निर्णय पनि गरेको छ।

साथै सरकारले बंगलादेशसँग मल खरिद गर्ने र मुलुकमै मल उत्पादनका लागि कारखाना खोल्ने प्रक्रिया सुरु गर्नका लागि अर्थ, परराष्ट्र र उद्योग मन्त्रालयलाई जिम्मेवारी तोकेको छ।

ती मन्त्रीका अनुसार कारखाना खाेल्नका लागि अहिले मुलतः वित्तीय पक्ष र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम हुन्छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *