भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउने

Spread the love

भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाले दुई दिने भ्रमणका लागि मंसिर ११ गते नेपाल आउने भएका छन्।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले मंसिर १५ गते अघि नै उनको भ्रमण हुने जनाएको छ। सो पत्रिकाले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणपछि विदेश सचिव शृंगलालाई नेपाल पठाउने निर्णय गरेको स्रोतहरुलाई उल्लेख गर्दै जनाएको छ।

नरवणेले गत कात्तिक १९ देखि २१ सम्मनेपाल भ्रमण गरेका थिए।

नेपालमा उनलाई नेपाली सेनामा मनार्थ महारथी प्रदान गरिएको थियो।

त्यसअघि रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।

नेपाल भ्रमणमा रहँदा उनले नेपाली समकक्षी भरतराज पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बैठक गर्ने छन्।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले भेट्ने कार्यक्रम छ।

समकक्षीसँगको वार्तामा उनले सीमासम्बन्धी प्राविधिक स्तरीय समितिको बैठकको मिति तय गर्ने विषयमा छलफल गर्ने छन्।

त्यस्तै उनले नेपाललाई कोरोना भाइरसको खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्ने छन्।

पञ्चेश्वर बहुउदेश्यीय परियोजना तथा अन्य जलविद्युत आयोजनाको विषयमा पनि छलफल हुने बताइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *