निगरनी न्युज। पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।