निगरानी न्युज ।
साउथ फिल्मका स्टार चिरञ्जीवीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चिरञ्जीवीले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो आउँदो फिल्म ‘आचार्य’ को काम सुरु गर्नका लागि प्रोटोकलअनुसार कोरोना परीक्षण गरेका थिए । सो क्रममा उनमा कोरोना संक्रमण देखिएको हो । हाल उनी एसिम्प्टोमेटिक छन् । र उनी घरमै आइसोलेसनमा बसिरहेका छन् ।
चिरञ्जीवीले विगत केही दिनमा उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई परीक्षण गर्न सुझाव दिएका छन् । आफू भाइरसले संक्रमित भएको घोषणा गर्नुभन्दा केही दिनअघि चिरञ्जिवीले तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावलाई भेटेका थिए । उनीको तस्वीर सोसल मिडियामा व्यापकरूपमा प्रशारित भएको थियो । दुवैलाई तस्वीरमा मास्कविना देखिएको छ ।
हालसम्म धेरै नायक–नायिका कोरोना भाइरस संक्रमित भइसकेका छन् । अमिताभ बच्चन, छोरा अभिषेक बच्चन, ऐश्वर्या र नातिनी तथा जेनेलिया डिसुजा, मलाइका अरोड़ा, अर्जुन कपुर, तमन्नाहमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।