विप्लवको नाम लिएर ३ करोड चन्दा माग्ने नक्कली कार्यकर्ता महाशाखाको नियन्त्रणमा

Spread the love

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नामबाट फोनबाट धम्क्याई आपराधिक लाभ लिन खोज्ने ४ जनालाई प्रहरी पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले जबरजस्ती चन्दा असुलीका लागि टेलिफोनबाट धम्क्याउने समूह मध्येका चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा नुवाकोट ककनी २ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप, सुनापती ३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल ५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर १३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेको महाशाखाले जनाएको छ।

महाशाखाको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले कान्तिपथलाई जानकारी दिए। उनीहरूले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी नेकपा, विप्लव समूहको पूर्व जिल्लासेक्रेटरी र कार्यकर्ता हौं भनी ३ करोड चन्दा माग गरेका थिए। साथै उनीहरूले माग गरे बमोजिम चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्कीसमेत दिएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *