हङकङका प्रजातन्त्र पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले प्रजातन्त्र पक्षधर चार सांसदलाई पदबाट हट्न बाध्य पारेपछि सबै सांसदले सामूहिक राजीनामा दिएका हुन् ।
बुधबारमात्रै चीनले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित परेपछि हङकङका सांसदले सामूहिक राजीनामा दिएका हुन् । चार जनालाई हटाउने गरी नयाँ व्यवस्था आएपछि उनीहरुको समर्थनका लागि सबैले राजीनामा दिएको उनीहरुले बताएका छन् ।
सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसदमा पहिलो पटक विपक्षीहरुको संख्या शून्य भएको छ ।
एक देश दुई प्रणाली अन्तर्गत स्वायत्त क्षेत्रका रुपमा रहेको हङकङका स्वतन्त्रता सीमित पार्ने प्रयास गरिरहेको आरोप चीनमाथि लाग्दै आएको छ ।
चार सांसदलाई बर्खास्त गरिएको घटना त्यसैको पछिल्लो उदाहरण भएको प्रजातन्त्र पक्षधरहरूको आरोप छ ।