बंगलादेश पुगेका एकजना नेपाली फुटबल खेलाडी कोरोना संक्रमित

Spread the love

मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका गएको नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना संक्रमित भएका छन् ।

ढाकामा बुधबार गरिएको परीक्षणमा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको छ । राससका अनुसार मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बंगलादेशको ढाकामा छन् ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले अर्को खेल आगामी २ मंसिरमा खेल्ने कार्यक्रम तय भएको छ ।

नेपाली खेलाडीहरूको गत साता पनि पिसिआर परीक्षण गरिएको थियो । त्यो वेला सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *