थप १९ सय १३ मा कोरोना पुष्टि, २३ सय ४९ निको भए

Spread the love

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार २२ पीसीआर परीक्षण गर्दा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। नेपालमा आज सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको हो।

त्यस्तै मन्त्रलयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *