विदेशी नेताले बाइडेनलाई पठाएको बधाई सन्देश ट्रम्पले विदेश मन्त्रालयमै रोकिदिए

Spread the love

निगरानी न्युज।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि जो बाइडेनलाई विदेशी नेताहरुले बधाई सन्देश पठाइरहेका छन्। तर, अमेरिकी विदेश मन्त्रालयमार्फत पठाइएका त्यस्ता सन्देश राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनसम्म पुग्न नदिएको बताइएको छ।

अमेरिकी विदेश मन्त्रालय स्रोतलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार यसरी दर्जनौँ विदेशी नेताको सन्देश बाइडेनसम्म पुग्न नपाई विदेश मन्त्रालयमा रोकिएर रहेको छ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन जितेका नेताहरुलाई आउने सन्देश विदेश मन्त्रालयले नै सञ्चार गर्ने परम्परा छ। त्यसैले बाइडेनको जित सुनिश्चित भएपछि विदेशी नेताहरुले उनलाई विदेश मन्त्रालयमार्फ बधाई सन्देश पठाउन थाले।

तर, ट्रम्पले हार स्वीकार नगरेका कारण उनले विदेश मन्त्रालयको स्रोतसम्म बाइडेनको पहुँचलाई रोकिदिएका छन्।

बाइडेनले निजी रुपमा केही विदेशी नेताहरुसँग कुराकानी भने गरिसकेका छन्। तर, विदेश मन्त्रालयले अनुवादलगायतको सुविधा बाइडेनलाई उपलब्ध गराएको छैन।

विदेशमन्त्री माइक पम्पेओले पनि ट्रम्पले दोस्रो कार्यकाल सत्ता सञ्चालन गर्ने दाबी गरेका छन्।

निर्वाचित भएपछि शपथ नलिउन्जेल राष्ट्रपति र नवनिर्वाचित राष्ट्रपतिलाई गुप्तचर निकायले दैनिक ब्रिफिङ गर्ने गर्छन्। बाइडेनले सो ब्रिफिङ पनि पाएका छैनन्। एजेन्सी


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *