भारतले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारेको छ।
भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले बेलायती खाेप उत्पादन गरेकाे हाे।
उसले बिहीबार दिएको जानकारीअनुसार खोपको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण गर्न १ हजार ६ सय जनाको नामसमेत दर्ता भइसकेको छ।
बेलायतले बनाएको ‘कोभिसिल्ड’ खोपको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को निगरानीमा भारतमा परीक्षण भइरहेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।