बैतडीमा बस दुर्घटना अपडेट : मृतककाे संख्या ९ पुग्यो, ८ घाइतेकाे अवस्था गम्भीर

Spread the love

बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा मृत्यु भएकाकाे संख्या ९ पुगेको छ। घाइतेमध्ये एक जनाकाे उपचारका क्रममा मृत्यु भएपछि मृतककाे संख्या बढेकाे हाे।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले नेपालखबरसँग भने,  ‘८ जनाको घटनास्थलमै ज्यान गएको हो। थप एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।’

उनका अनुसार ३४ जना घाइते भएका छन्। उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले रेफर गर्ने तयारी भइरहको छ।

प्रहरीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राति साढे १० बजेतिर दुर्घटना भएकाे हाे।

‘बस सडकभन्दा झण्डै ६ सय मिटर तल खसेको हाे,’ घटनास्थलबाट डीएसपी अधिकारीले नेपालखबरसँग भने।

बसमा धनगढी, महेन्द्रनगर, बैतडी तथा दार्चुलाका यात्रु रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान भइससकेको छैन। साथै दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको डीएसपी अधिकारीले बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *