अमेरिकाले दियो नेपाललाई १०० थान भेन्टिलेटर

Spread the love

काठमाडौँ।

अमेरिकाले नेपाललाई कोरोना भाइरस महामारीविरुद्ध लड्न १०० थान आधुनिक भेन्टिलेटर दिएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)मार्फत् नेपाललाई ती भेन्टिलेटर नेपाललाई आज उपलब्ध गरिएको हो।

“७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन परिस्थितिलगायत जस्तोसुकै अवस्थामा पनि अमेरिका साझेदारीमार्फत् नेपालको साथमा उभिँदै आएको छ,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यसै सहकार्यलाई निरन्तरता दिँदै आज हामी नेपाली जनतालाई कोभिड–१९ महामारीको घडीमा सहयोग गरिरहेका छौँ।”

कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा अमेरिका नेपाली जनताको साथमा रहेको दूतावासले जनाएको छ।

फोक्सोको समस्या भएका  कोभिड–१९ का बिरामीका लागि यी भेन्टिलेटर जीवनरक्षाको माध्यम बन्ने दूतावासको विश्वास छ।

“असल र खराब दुवै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिबद्ध छ। यी भेन्टिलेटरमार्फत हामी नेपालीहरूलाई सघाउन चाहन्छौँ, जसले गर्दा कोभिड–१९ बाट अति प्रतिभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्,” भेन्टिलेटर हस्तान्तरण कर्याक्रममा अमेरिकी राजदूत ¥यान्डी बेरीले बताए।

भेन्टिलेटरका अतिरिक्त युएसएआईडीका कार्यक्रमहरूले ११३ पालिकामा सङ्क्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको दूतावासले जनाएको छ।  उनीहरूले झन्डै २० लाख परिवारलाई टेलिफोनमार्फत् परामर्श दिएको दाबी दूतावासको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *