चितवनमा प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

Spread the love

चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्।

शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका हुन्।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका थिए।

उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए।

नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले कार्यक्रम चलिरहेकै बेला कमिटीभन्दा बाहिरका केही मान्छे प्रवेश गरी हो–हल्लाका साथै नाराबाजी गर्न थालेपछि कार्यक्रम स्थगित गरिएको बताए।

‘नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम थियो, कार्यक्रममा कमिटीका सबै सहभागी हुनुहुन्थ्यो’, नेपालखबरसँग कुरा गर्दै ईन्चार्ज स्याङ्बोले भने’, ‘कार्यक्रममा माननीय सुुरेन्द्र पाण्डेले बोलिरहनु भएको समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह प्रवेश गरेर हो–हल्ला र नारावाजी गर्न थालेपछि कार्यक्रम स्थागित गरियो’

उनले आफूहरुले गुटको भेला नभई पार्टी कमिटीको बैठक तथा प्रशिक्षण गरेको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओली निकट स्थानीय नेताहरु पनि सहभागी रहेको जानकारी दिए।

उनले प्रशिक्षण कार्यक्रम जबर्जस्ती प्रवेश गरेकाहरुलाई आफूहरुले सम्झाउने प्रयास गरेको भए पनि उनहरुले हो–हल्ला गर्न नछाडेको र अराजक रुपमा प्रस्तुत भएको जानकारी दिए।

‘पाण्डेजीले बोल्दै हुनुहुन्थ्यो, साथीहरु निकै अराजक रुपमा प्रस्तुत हुनुभयो’, उनले भने।

उक्त टोली साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ।

थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकिय हुन्। उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन्।

उनले कार्यक्रमको स्थगितपछि कमिटीको बैठक बसेर उक्त क्रियाकलाप्रति खेद समेत प्रकट गरेको बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *