फाइजरले विकास गरेको कोभिडविरुद्ध खोप आगामी महिनाबाट लगाउन शुरु गरिने

Spread the love

कोरोना भाइरस विरुद्ध बनेको खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले बताउनु भएको छ ।

कोरोना खोप कार्यक्रम प्रमुख डा. मोनसेफ स्लावीले खोप प्रमाणीकरण हुने वित्तिकै २४ सै घन्टा खोप कार्यक्रम संचालन गरिने बताउनु भयो ।

अमेरिकामा हालसम्म १ करोड २५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा संक्रमणको दर अहिलेसम्मकै उच्च देखिएको छ ।

अमेरिकी औषधि कम्पनी फाइजर र यसको साझेदार बायोएनटेकले कोभिड-१९ खोपको आकस्मिक प्रमाणिकरणका लागि गत शुक्रबार आवेदन दिएका थिए ।

खोपको दुई डोज लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको पछिल्लो परीक्षणबाट प्रमाणित भएको छ । फाइजरले प्रमाणिकरण भएपछि आगामी डिसेम्बर महिनाको अन्त्यसम्मा ५ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।-


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *