प्रचण्डको प्रतिवेदन १० हजार प्रति छापेर सातै प्रदेशमा

Spread the love

सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले दवाब दिइरहेका बेला प्रतिवेदन प्रकाशित गर्दै कार्यकर्तामा वितरण गर्न थालिएको छ।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र यसअघि पाँच जना सचिवलाय सदस्यले बैठक बोलाउन प्रधानमन्त्रीलाई लेखेको पत्र समेटेर ३२ पृष्ठ भएको पुस्तक प्रकाशित गरिएको छ। प्रचण्ड–माधव नेपाल समूहले पुस्कत प्रकाशित गर्दै कार्यकर्तामा वितरण गरिएको हो।

प्रचण्डको प्रतिवेदनलाई पुस्तकको रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न भन्दै पुस्तक वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको घर घरमा पुर्याइएको छ। ओली निकट एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डको उक्त प्रतिवेदन १० हजार प्रति भन्दा बढी छापिएको छ ।

मिडियामा सो प्रस्ताव सार्वजनिक गरिएको भन्दै अध्यक्ष ओलीले आपत्ति व्यक्त गरेका थिए। मंसिर ३ गतेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले साे प्रस्ताव नामको आरोपपत्रलाई अखबारीकरण गरेको भन्दै तीव्र आपत्ति जनाएका थिए।

उनले सो प्रस्तावलाई कुनै राजनीतिक प्रस्ताव नभई केवल आफूविरुद्धको आरोपपत्रको संज्ञा दिएका थिए। उनले त्यसमा लगाइएका आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन्।

प्रचण्डले सो प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि मंसिर ३ गते बसेको अर्काे बैठकमा ओलीले सो प्रस्तावमा आफूविरुद्ध आधारहीन आरोपहरु लगाएको हुँदा आफूले त्यसको जवाफस्वरुप काउन्टर प्रस्ताव ल्याउने बताएका थिए।

त्यसका लागि उनलाई प्रतिवेदन लेख्न १० दिनको समय दिइएको छ। सो निर्णयअनुसार अध्यक्ष ओलीले आगामी १३ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने तय भएको छ।

तर, ओलीले भने मंसिर ४ गतेदेखि नै आफ्नो गुटको कार्यक्रम देशैभर अघि बढाएको भनी प्रचण्ड–नेपाल पक्षले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई सबै प्रदेशमा पठाएका हुन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *