प्रहरीको गोलीबाट घाइतेको मृत्यु भएपछि बर्दिबास फेरि तनावग्रस्त

Spread the love

बालिका बलात्कार तथा हत्यासविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले हानेकाे गोली लागी घाइते भएका एक जनाको मृत्यु भएपछि महोत्तरीको बर्दिबास बुधबार बिहानैदेखि फेरि बन्द गरिएकाे छ।

हत्याविरुद्ध मंगलबार बर्दिबासमै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय न्यौपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो।

त्यसैको विरोधमा स्थानीय बासिन्दाले आज (बुधबार) बिहान साढे ८ बजेदेखि फेरि बर्दिबास बजार र पूर्वपश्चिम राजमार्ग बन्द गराएका हुन्।

सञ्जय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायत माग आन्दोलित स्थानीयले राखेका छन्।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपश्चात् हत्या भएको हो।

घटनाको विरोधमा मंगलबार दिउँसो गरिएको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोलि चलाउँदा एका थिए। गोली लागेर तीन जना घाइते भएका थिए। जसमध्ये बर्दिबास नगरपालिका–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्रान्डी हस्पिटलमा मंगलबार राति मृत्यु भएको हो।

बर्दिबासमा किराना पसल राखेका न्यौपाने बर्दिबास सेवा समितिका सदस्य पनि थिए। उनको मृत्युपश्चात् बुधबार बिहानै बर्दिबास सेवा समितिमा भएको स्थानीयको छलफलबाट न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्नेलगायत मागसहित आन्दोलन गर्ने निर्णय गरेको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *