अर्जेन्टिनाका चर्चित खेलाडी म्याराडोनाको मृत्यु

Spread the love

निगरानी न्युज । 

महान फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा आज निधन भएको छ।

१९९६ विश्वकपका विजेता म्यारोडोनाको ‘कार्डिक एरेष्ट’ का कारण मृत्यु भएको जनाइएको छ। उनको केही समयअघि मात्र मष्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उनको ‘अल्कोहल डिपेन्डेन्सी’को उपचार गरिने घोषणा गरिएको थियो।

म्यारोडोना सर्वकालिन महान् खेलाडी हुन्। १९९६ अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा म्यारोडोनाले कप्तानी गरेका थिए। उनको एकल प्रदर्शन प्रेरणामा अर्जेन्टिनाले उपाधि उचालेको थियो।

उनले बार्सिलोना र नापोलीबाट क्लब फुटबल खेलेका थिए। उनले इटालियन क्लब नापोलीका लागि दुई सिरी ‘ए’ उपाधि पनि जितेका थिए।

म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। उनले अर्जेन्टिनाबाट चार वटा विश्वकप खेलेका थिए। म्यारोडोनाले पहिलो पटक इटालीमा सम्पन्न १९९० को विश्वकप फाइनलमा टीमको नेतृत्व गरेका थिए। त्यसपछि म्यारोडोनाले अमेरिकामा सम्पन्न १९९४ को विश्वकपमा पनि अर्जेन्टिनाको नेतृत्व गरेका थिए। तर ड्रग परिक्षणमा असफल भएपछि उनलाई घर फर्काइएको थियो।

कोकिनको लतमा फसेका म्यरोडोनाको १९९१ मा परिक्षणमा पोजेटिभ देखिएपछि १५ महिना प्रतिबन्धमा परेका थिए।

म्यारोडोनाले १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास लिएका थिए। उनले बोका जुनियर्सबाट ३७औं जन्मोत्सवका दिन सन्यास घोषणा गरेका थिए।

म्यारोडाले २००८ मा राष्ट्रिय टीमको प्रशिक्षण समेत सम्हाले। उनकै प्रशिक्षणमा म्यारोडोनाले २०१० को विश्वकप खेलेको थियो। क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो। विश्वकप पछि म्यारोडोनाले प्रशिक्षक पदबाट राजिनामा दिएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *