बाइडेनले जितेको प्रमाणीकरण भए म सत्ता छाड्दिन्छु : डोनल्ड ट्रम्प

Spread the love

चुनावमा अझै आफ्नो हार अस्वीकार गरिरहेका अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा भने ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) छाड्ने घोषणा गरेका छन्।

उनको पछिल्लो अभिव्यक्तिले उनी अन्ततः हार स्वीकार गर्ने पक्षमा रहेको देखिन्छ।

बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, ‘यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा म ह्वाइट हाउसबाट बाहिरिनेछु।’
इलेक्टरल कलेजको बैठक आगामी डिसेम्बर १४ तारिखमा बस्दै छ।

तर पनि ट्रम्पले अझै चुनावमा धाँधली भएको र त्यसको प्रमाण पेस नगरिएकै कारण आफू हारेको जिद्दीचाहिँ गरिरहेका छन्।

उसो त ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरणका लागि बाटो खुला गरिसकेका छन्। बाइडेनको अन्तरिम प्रशासनलाई आफ्नो काम सुरु गर्न भनिसकेका छन्।

त्यस कामको जिम्मेवारी रहने संघीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेसन ९जीएसए० ले प्रक्रिया सुरु पनि गरिसकेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *