निगरानी न्युज ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ। हालसम्म देशभर १ हजार ४५४ जना कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ।
यस्तै, ५१५ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन्।