इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेड विजयी भएको छ । गएराति भएको खेलमा न्युक्यासलले क्रिष्टल प्यालेसमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल निर्धारित समयको अन्तिम दुई मिनेटमा भएको थियो ।
८८ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यु क्यासललाई अग्रता दिलाए । त्यसको एक मिनेट पछि जोलिन्टनले गोल गर्दै अग्रता दोब्बर बनाए । जीतसँगै न्यु क्यासल प्रिमियर लिगको दशौं स्थानमा छ । उसको १४ अंक भएको छ । १३ अंक रहेको क्रिष्टल प्यालेस तेह्रौं स्थानमा रहेको छ ।