काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै छन् ।नेपाली समय अनुसार पौने सात बजे ब्राइटन र लिभरपुल आमने सामने हुने छन् ।
आजको खेलमा लिभरपुल विजयी भए शीर्ष स्थानमा उक्लने छ ।यसैगरी पौने ९ बजे म्यानचेस्टर सिटी र बर्नले भिड्दा सवा ११ बजे एभर्टन र लिड्स खेल्ने छन् ।वेस्ट ब्रोम र सेफिल्ड युनाइटेडको खेल राति पौन दुई बजे हुने छ ।