चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै

Spread the love

निगरानी न्युज।

जनगणतन्त्र चीनका रक्षामन्त्री वेइ फेंगे भोलि एक दिनका लागि नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै चिनियाँ राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री आइतबार भ्रमणमा आउने जनाएको हो।

उनले नेपाल भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ। यससँगै उनले नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थापासँग पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

उनी आइतबार साँझ नै फर्कने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *