आज २५ कोरोना संक्रमितको मृत्यु

Spread the love

निगरानी न्युज ।

कोरोना संक्रमणबाट आज थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १४७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १२ सय ५५ थपिएका छन् । आज १ हजार ४ सय ४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । आजसम्म १७ हजार ९ सय ९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसीआर परिक्षण भएको छ भने १७ हजार ९ सय ९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय ३२ रहेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *