फाइजरले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोप केही दिनभित्रै प्रयोगमा आउने

Spread the love

बेलायत विश्वमा पहिलो देश बनेको छ, जसले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा ल्याउने निर्णय गरेको छ। बेलायतले फाइजर कम्पनीले निर्माण गरेको खोप प्रयोग गर्न अनुमति दिएको हो।

बेलायती संस्था एमएचआरएले फाइजर÷बायोएन्टेकले निर्माण गरेको खोपले मानिसलाई कोरोनाभाइरसबाट ९५ प्रतिशत सुरक्षित राख्ने जनाएको छ। यसै कारण यसको व्यापक प्रयोगको लागि अनुमति दिइएको जनाइएको छ।

केही दिनभित्रै खोपको प्रयोग सुरु गरिने बताइएको छ। कोरोनाभाइरसबाट सबैभन्दा प्रभावितहरूलाई सबैभन्दा पहिला यो खोप दिइने उल्लेख छ।

बेलायतले पाइजरले खोप अनुसन्धान र परीक्षण गर्दा नै यसको ४ करोड डोज अर्डर गरेको थियो।

यो खोप एक व्यक्तिलाई दुईपटक दिनुपर्ने जनाइएको छ, जसअनुसार बेलायतले अर्डर गरेको खोपले दुई करोडजनालाई पुग्नेछ।

यो विश्वमा सबैभन्दा तीव्र रूपमा विकास गरिएको खोप हो। यसलाई बनाउन १० महिना मात्र लागेको छ। सामान्यतः यस्ता खोप तयार गर्न एक दशकसम्म लाग्ने गर्छ।

खोपले कसरी काम गर्छ?

यो नयाँ एमआरएनए कोरोना खोप हो। यसमा कोरोना महामारी चलिरहँदा संकलन गरिएका भाइरसको जेनेटिक कोडको साना टुक्रा प्रयोग गरिएको छ। कम्पनीका अनुसार जेनेटिक कोडका साना टुक्राले शरीरभित्र रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउने गर्छ। अर्थात् यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न शरीरलाई तयार बनाउँछ।

यसअघि कहिल्यै पनि मानिसमा प्रयोग गर्न एमआरएनएखोपलाई अनुमति दिइएको थिएन। तर, परीक्षणका बेला भने यो खोप मानिसहरूलाई दिइएको थियो।

एमआरएनए खोप मानिसको शरीरमा दिइन्छ। यसले रोग प्रतिरोधात्मक प्रणालीलाई कोरोनाभाइरससँग लड्न एन्टिबडी बनाउन र टी–सेललाई सक्रिय बनाई संक्रमित कोषलाई नष्ट गर्न सघाउँछ।

खोप लगाएपछि जब मानिस कोरोनाभाइरस संक्रमित बन्छ, उसको शरीरमा बनेको एन्टिबडी र टी–सेल भाइरससँग लड्न सुरु गर्छ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *