ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित, अर्को बैठक २० गते बस्ने

Spread the love

नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित भएको जानकारी दिए।

उनले पार्टीमा देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीसहित छलफल गर्न उपयुक्त हुन्छ भनेर स्थगित गरिएको बताए।

‘आज बसेको बैठकमा अध्यक्ष ओली उपस्थित हुनृुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा देखिएको विवाद÷संकट समधानका लागि प्रधानमन्त्रीसहित छलफल गर्न उपयुक्त हुन्छ भन्ने निष्कर्षका साथ आजको बैठक स्थगित गरिएको हो।’

बैठकले प्रधानमन्त्री ओलीलाई २० गतेको बैठकमा अनिवार्य उपस्थित हुनका लागि अनुरोध गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

यता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री ओलीले बैठकअघि नै कार्यव्यस्तताका कारण कारण उपिस्थित हुन नसक्ने जानकारी दिएको बताए।

‘प्रधानमन्त्रीले बैठकअघि नै कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी दिनुभएको थियो’, सल्लाहकार थापाले भने।

उनले अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने जनाकारी दिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *