काठमाडौं ।
नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतनावनी दिएका छन् । तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ छ । उनले ट्वीटरमा लेखेका छन्, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।