हुम्ला विमानस्थलमा आगलागी

Spread the love

   निगरानी न्युज ।

            हुम्ला विमानस्थलमा आगलागी

हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलमा आज (बिहीबार) बिहानै आगलागी भएको छ।

हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार जिल्लास्थित नागरिक उडड्यन प्राधिकरणका प्रमुख विष्णु अधिकारीको निवास (क्वाटर) मा बिहान ५ बजे अचानक आगलगाी भएको हो।

‘बिहीबार बिहान ७:१५ बजे आगलागी नियन्त्रणमा आएको छ,’ डीएसपी सुवेदीले टेलिफोनमा  भने, ‘के कति क्षति भयो, विवरण संकलन हुँदै छ।’

साथै आगलागीकाे कारण पनि थाहा भइनसकेकाे उनले बताए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *