रुसले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन सुरु गरेको छ।
आफैंले विकास गरेको स्पुतनिक–भी खोप रुसले लाखभन्दा बढी नागरिकलाई दिइसकेको हो।
विश्वमै पहिले आफूले सफल खोप बनाएको दाबी गरेको रुसले सर्वसाधारणमा यसको प्रयोग पनि सबैभन्दा पहिले गरेको त्यहाँका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले जानकारी दिएका हुन्।
यसबारे भिडियो पनि बनाएको र त्यसको लिंक संयुक्त राष्ट्रसंघलाई दिइएको उनले बताएका छन्।
एएनआईका अनुसार गत महिना मात्र खोपको प्रभावकारिताबारे अनुसन्धान गरिएको थियो। त्यस क्रममा कोरोना रोक्न खोप ९२ प्रतिशत सफल देखिएको बताइएको थियो।