प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

Spread the love

निगरानी न्युज ।

प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझा ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको स्रोतले  जानकारी दिएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र देउवाका तर्फबाट काँग्रेस केन्द्री सदस्य रमेश लेखक सहभागी थिए । स्रोतका अनुसार छलफलमा आइतबारका लागि तय गरिएको संवैैधानिक परिषद्को बैठकको तयारीका लागि ओली र देउवाबीच अनौपचारिक भेटवार्ता भएको हो ।

लामो समयदेखि रिक्त संवैधानिक निकायहरूका अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमाछलफल गर्न आइतबार बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बस्दैछ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *