निगरानी न्युज ।
मङ्गगलबार देशभर आज थप नाै सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप नाै सय ३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५० हजार एक सय ८० पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या नाै हजार आठ सय ८१ रहेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज एक हजार नाै सय ९६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३८ हजार पाँच सय ६९ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १४ जनाको मृत्यु भएको हो ।