सरकारले सर्वसत्तावादी चरित्र देखायो : कांग्रेस सभापति देउवा

Spread the love

निगरानी न्युज।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले “अधिनायक आकाङ्क्षाको प्रतिरूप” देखाएको टिप्पणी गरेका छन्। यसका कारण मुलुकमा गम्भीर संकट देखा परेको उनले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले गम्भीर संकटको बेला कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बेला आएको पनि जनाएका छन्। सरकारले सर्वसत्तावादी चरित्र देखाएको उनको आरोप छ।

सभापति देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बोल्दै संसद् विघटनपछि मुलुकमा अस्थिरता निम्तिन सक्ने भन्दै त्यसप्रति कांग्रेसको सशक्त भूमिका आवश्यक रहेको बताएका थिए।

बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद र महेश आचार्यले बोलेका थिए। आजदेखि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सुरु भएको छ।

बैठक अझै केही दिन चल्नेछ। बैठकमा सहभागी नेताहरूको सुझावको आधारमा कांग्रेसले सरकारविरुद्ध संघर्षका कार्यक्रम तय गर्ने जनाएको छ।

बैठकमा संसद् पुनर्स्थापनासँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *