केपी ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्: माधव नेपाल

Spread the love

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष चुनिएका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्।

ओलीलाई गणतन्त्र र संघीयताप्रति कुनै मोह नभएको नेपालले दाबी गरे।

‘यहाँ झलनाथजी अमृत बोहराजी यहिँ साक्षी हुनुहुन्छ, उहाँ (ओली)ले नेपालमा गणतन्त्र आउँदैन भनेर फरक मत राख्ने नेता हो,’ नेपालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलनमा भने, ‘उहाँलाई यो व्यवस्थाप्रति कुनै मोह नै छैन।’

ओलीले तानाशाह प्रवृत्ति देखाएको बताए।

‘तानाशाहलाई कहिल्यै पनि बैठक र समितिहरु मन पर्दैन। उहाँले हिजो त्यहि भन्नुभयो,’ नेपालले भने, ‘उहाँलाई एउटा कुरा मात्र मन पर्छ, त्यो हो– ओलीवाद।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *