प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर

Spread the love

निगरानी न्युज।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि व्यापक हेरफेर गरेका छन्।

उनले आज थपेका नयाँ मन्त्री तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी (ऊर्जा), प्रभु साह (शहरी विकास), हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या), गौरीशंकर चौधरी (श्रम तथा रोजगार), मणि थापा (खानेपानी तथा सरसफाई), दाबा लामा (युवा तथा खेलकूद), गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), प्रेम आले (वन तथा वातावरण), कृष्णगोपाल श्रेष्ठ (शिक्षा) पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) शिवमाया तुम्बाहाङफे (भूमि सुधार), जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला), भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) र विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री) छन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई हटाएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *