दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन

Spread the love

काठमाडौँ ।

नेकपाको (दाहाल–नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

बिहीबार बबरमहलमा केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित भएका छन् ।

 

त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाँदैछ । साथै शुक्रबार २ बजे यो समूहले पत्रकार सम्मेलनको आयोजना पनि गर्ने भएको

छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *