प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा नागरिक अगुवाको प्रदर्शन

Spread the love

नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

शनिबार दिउँसो भएको विरोध प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन्।

Image

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन्। सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरुको भनाइ छ।

 

प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नी?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए।

 

बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *