चिनियाँ नेतासँग भेटपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल

Spread the love

नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

उनीहरूबीच नेकपा विभाजन तथा नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीसँगकाे भेटवार्ताका विषयमा झण्डै २ घण्टा छलफल भएको थियो। तर प्रधानमन्त्री र राष्ट्रपतिको यो भेट नियमित सिलसिलाअन्तर्गतकै भएको शितल निवास स्रोतले दाबी गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका बेला भएकाे राष्ट्रपति भण्डारी र ओलीको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गरेको थियो भने सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *