अमेरिकामा पनि देखियो नयाँ प्रकारको कारोना भाइरस

Spread the love

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । यूकेमा पहिलोपटक भेटिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो।

बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समयमा यात्रा गरेका थिएनन्। राज्यका अधिकारीहरूले आफूहरू उनले भेटघाट गरेकाहरूको खोजीमा लागेको र नयाँ प्रकारको अन्य सम्भावित संक्रमण पहिचान गर्न लागिपरेको बताएका छन्।

गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस भेरिअन्ट अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए।

हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन्। भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ।

यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्। साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएकाे छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *