चार पूर्वप्रधानन्यायाधीशविरुद्ध खनिए ओली : सडकबाट फैसला गर्ने ?

Spread the love

निगरानी न्युज ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन विरुद्ध वक्तव्यबाजी गर्ने चार जना पूर्व प्रधानन्यायाधीशसँग रुष्ट बनेका छन् । उनीहरुले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाउँदै सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने समेत बताए ।

शनिबार आफूपक्षीय राष्ट्रिय युवासंघको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’ प्रधानमन्त्री ओलीले सम्मानित न्यायपालिकाको कदर गर्न सिक्न पनि आग्रह गरे ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *