नेपालको पासपोर्ट संसारकै खराब सूचीमा

Spread the love

निगरानी न्युज ।

नेपालको पासपोर्ट संसारकै खराब तथा कमजोर मध्येको सूचिमा परेको छ ।

पासपोर्टबारे सूचि राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूचि अनुसार नेपालको पासपोर्ट विश्वका ११० मुलुकमध्ये १०४ औं स्थानमा परेको छ ।

सूचिअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ ।

दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।

उक्त सूचिअनुसार नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ ।

नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा परेको छ । यस्तै शक्तिशाली शब्द सुन्ने बित्तिकै धारणा युद्ध कै आउँछ। तर २१ औं शताब्दीको चेतनशील मानिस परम्परागत अवधारणाबाट मुक्त हुँदै गई रहेको स्वीकार गर्नमा शायदै कसैलाई आपत्ति होला !

तपाईंहरुको सोच एकदमै दुरुस्त छ जापान सामरिक हिसाब र दृष्टिकोणले होइन, एउटा अन्य कारणले संसारको सबैभन्दा शक्तिशाली देश बनेको हो।

जापानको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट बनेको छ। बलियो पासपोर्टको अर्थ के हो भने जापानको पासपोर्ट बोकेका मानिस बिना अग्रिम भीसा संसारका सर्वाधिक देश जान सक्छन्। यस मामिलामा विश्वका सर्वाधिक आय भएका देश, विश्वका अग्रणी इकोनॉमी भएका अमेरिका र चीन पनि जापान भन्दा धेरै पछाडि छन्।

पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ। ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको वर्ष २०२१ को ‘पासपोर्ट इण्डेक्स ग्लोबल र्‍याङ्किङ’मा जापान १ नम्बरमा पुग्न सफल भएको छ।

कुनै पनि देशको पासपोर्ट भैल्यू जान्ने उपाय यो नै हो त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ। अर्थात ‘भीसा अन एराइभल’ को सुविधा हुन्छ। यस सम्बन्धी तथ्याङ्क इन्टरनेश्नल एयर ट्रान्सपोर्ट असोसिएसन (IATA) ले उपलब्ध गराउँछ। ‘आईएटीए’ ले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका पासपोर्ट धारकले विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन्।

विश्वको महाशक्ति मानिने अमेरिकाको पासपोर्टलाई ‘ग्लोबल इण्डेक्स’मा ७ औं स्थान प्राप्त भएको छ। चीन भने यस सूचीमा ७० औं स्थानमा रहेको छ।

सूचीमा शीर्ष १० स्थान –

१- जापान – १९१ देश

२- सिंगापुर- १९० देश

३- जर्मनी, दक्षिण कोरिया – १८९ देश

४- फिनल्याण्ड, इटली, लग्जमबर्ग, स्पेन -१८८ देश

५- ऑस्ट्रिया, डेनमार्क – १८७ देश

६- फ्रान्स, आयरल्याण्ड, नीदरल्याण्ड, पुर्तगाल, स्वीडेन – १८६

७- बेल्जियम, न्यूजील्याण्ड, नार्वे, स्विटजरल्याण्ड, यूनाइटेड किंगडम, यूनाइटेड स्टेट -१८५ देश

८- ऑस्ट्रेलिया, चेक रिपब्लिक, ग्रीस, माल्टा -१८४ देश

९- क्यानडा -१८३ देश

१०-हङ्गेरी – १८२ देश


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *