भारतबाट फर्किए प्रचण्ड

Spread the love

पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत गएका प्रचण्ड स्वदेश फर्किएका छन्। अध्यक्ष प्रचण्ड शनिबार अपरान्ह ४ बजे नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्किएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।

प्रचण्डको स्वागतका लागि नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन त्रिभुवन विमानस्थल पुगेका थिए। सीताको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ।

सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि प्रचण्ड स्वदेश फर्किएका हुन्। भारत लानुअघि पनि दाहालको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *