सबैभन्दा राष्ट्रघाती मान्छे हुन् ओली : डा. बाबुराम भट्टराई

Spread the love

निगरानी न्युज ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सबैभनदा राष्ट्रघाती भएको आरोप लगाएका छन् । उनले ओलीको गतिविधिले राष्ट्रलाई गम्भीर संकटमा धकेलेको समेत टिप्पणी गरे ।

‘सबैभन्दा राष्ट्रघाती मान्छे हुन् ओली,’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आज राजधानीमा आयोजित संविधानभा सदस्य मञ्चद्वारा आयोजित अन्र्तक्रियामा भने,‘यीनीबाट देशलाई बचाउनुपर्छ ।’ उनले ओलीलाई हिन्दुवादी भने ।

ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको बाबुरामको टिप्पणी थियो । उनले ओलीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए । ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए ।

ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको बताए । उनले भने,‘ओलीले सबै प्रतिशोधस्वरुप गरिरहेका छन् ।’’

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, सभासदहरु खिमलाल देवकोटा, कल्पना धमला र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले समेत बोलेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *