केटो भनिपाउदा मलाई दु:ख छैन, ओलीको स्तर थाहा पाएँ खुशी लाग्यो : मन्त्री भट्टराई

Spread the love

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने प्रधानमन्त्री केपी ओलीलाई जवाफ फर्काएका छन् ।

कामचलाउ प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश एक सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘केटो’ भनेर सम्बोधन गरेका थिए ।

‘आफैंले नेता र मन्त्री बनाइदिएको केटोले अहिले आफैंलाई लात हानेर हिँड्यो’ भनेर ओलीले कार्यक्रममा टिप्पणी गरेका थिए ।

पूर्वएमाले खेमाका नेता भट्टराई अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपामा लागेपछि ओली रुष्ट भएका हुन् ।

केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।

केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।

— Yogesh Bhattarai (@yogesbhattarai) January 16, 2021


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *