ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरे : माधव नेपाल

Spread the love

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ ।

उनले प्रधानमन्त्री केपी ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरेको जिकिर गरे । ओली हिटलरको बाटोमा हिँडेको बताउँदै नेपालले सच्याउन नसकेको भन्दै आत्मालोचना गरे ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *