नेपाल बार एसोसियसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुन व्यवसायी र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे गरेको टिप्पणीप्रति तत्काल सार्वजनिकरुपमा माफी माग्न माग गरेको छ।
प्रधानमन्त्री ओलीले माघ ९ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चमा जारी बहसको प्रसंग कोट्याउँदै कानुन व्यवसायी र वरिष्ठ अधिवक्ता भण्डारीबारे टिप्पणी गरेका थिए।
‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गतेका दिन आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केहि वकिलले एकजना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न’ भनी दिनुभएको अभिव्यक्ति हाम्रा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी/अवहेलनाजन्य कार्य समेत हो,’ नेपाल बारका महासचिव लीलामणि पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।