निगरानी न्युज ।
बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक पछिल्लाे समय द्रुत गतिमा फैलिरहेको काेरोना भाइरसको नयाँ स्ट्रेन (प्रकार) विरुद्ध पनि खोप बनाउन जुटेका छन्।
वैज्ञानिकका अनुसार अब बन्ने खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध पनि काम गर्नेछ। खोपको प्रभावमा अन्तर आउनासाथ प्रयोगशालामा सेल कस्चरमार्फत एक दिनभित्रै खोपलाई परिवर्तन गर्न सकिने उनीहरूको दाबी छ।
अक्सफोर्ड विश्वविद्यालयका खोप विकासका प्रमुख सूत्रधार वैज्ञानिक प्राध्यापक साराह गिलबर्टले नयाँ कोरोनाविरुद्धको नयाँ खोप आगामी फेब्रुअरी मध्यसम्म आउने जानकारी दिएकी छन्।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीले पनि कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ। अक्सफोर्डले आफ्ना सहकर्मी कम्पनीहरूलाई नयाँ खोप उत्पादनका लागि पनि तयार रहन भनेको छ। एजेन्सी