ला लिगामा एथ्लेटिको मड्रिडलाई ७ अंकको अग्रता

Spread the love

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले सात अंकको अग्रता बनाएको छ ।

आइतबार राति भ्यालेन्सियामाथि ३–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै मड्रिडले अग्रता फराकिलो बनाएको हो । एथ्लेटिकोको १८ खेलबाट ४७ अंक पुग्दा एक खेल बढी खेलेको रियल मड्रिडको ४० तथा समान खेलबाट बार्सिलोनाको ३७ अंक छ ।

११ औं मिनेटमा उरो रेसिले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको एथ्लेटिकोले २३ औं मिनेटमा बराबरी गरेको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा दुवै गोल एथ्लेटिकोले दोस्रो हाफमा गरेको हो ।

उसका लागि लुइस सुवारेजले ५४ औं मिनेटमा गोल गदै अग्रता २–१ बनाए । यसैगरी ७२ औं मिनेटमा एन्जल कोरेराले गोल थपेपछि एथ्लेटिको मड्रिड ३–१ गोल अन्तरले विजयी भयो ।
ला लिगा अन्तर्गत अन्य खेलमा ओसासुनाले ग्रानडालाई ३–१ गोल अन्तरले पराजित गर्दा बार्सिलोनाले एल्चेमाथि २–० को जित दर्ता गरेको छ । यसैगरी सेल्टा भिगो र इबारले भने एक एक गोलको बराबरी खेलेका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *